२०८३ असोज १८ , आइतबार
Sky News Nepal
October 5, 2026

हुम्लाको तिल गाउँमा बाढीले पुल बगायो



हुम्ला । बुधबार साँझ आएको बाढीले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६, स्थित तिलगाउँमा वितण्डा मचाएको छ ।

माथिल्लो क्षेत्रबाट लेदोसहित आएको आकस्मिक बाढीले गुङन्छुसा खोलामाथिको पुलसहित तीन वटा पुल बगाएको हो । तिलजुङ खोलामा बाढी आएपछि स्थानीयबासी डरले सशंकित भएका छन् ।

हुम्लाका प्रहरी नायब निरीक्षक शंकर खड्काका अनुसार लिमी क्षेत्रमा वर्षापछि तिलजुङ खोलामा अचानक बाढी उर्लिएर जोखिम बढेपछि स्थानीयवासी सबै जना सुरक्षित रहेको बताए ।  उनले रातिको समय भएकाले प्रहरी तत्काल घटनास्थल पुग्न नसकेको र शुक्रबार मात्र पुग्ने बताए ।

यसअघि २०८२ साल जेठ १ गते हिमताल भासिएर लेदो सहितको बाढीले क्षतबिक्षत गरेको स्थानमा अहिले फेरि बाढीले क्षति पुर्‍याएको हो । तिलजुङ खोला लेदो बाढी पहिरो गएपछि त्यहाँका स्थानीय दुई जना बृद्धलाई कुनजुम गुम्बा पुगेको स्थानीय दोर्जी लामाले जानकारी दिए ।

गाउँमा रहेका वृद्धवृद्वा र बालबालिका गाउँमै सुरक्षित छन् । हाल गाउँमा ३ जना बालबालिका र १९ जना महिलासहित २९ जना रहेका छन् ।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार
Translate »