२०८३ साउन २६ , मंगलबार
Sky News Nepal
August 11, 2026

‘रेडियो नेपाललाई समावेशी बनाईनु पर्छ’



स्काई न्यूज/ मंसिर २२, सुर्खेत ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सञ्चार माध्यमहरुको भीडबाट रेडियो नेपाललाई अलग पहिचान दिएर समावेशी एवं सहभागितामुलक बनाईनु पर्ने बताएका छन् । रेडियो नेपाल प्रसारण सेवा विकास समितिको आयोजनामा आइतबार सुर्खेतको वीरेन्द्रनगरमा भएको समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रसारणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले रेडियो नेपाललाई प्रतिस्पर्धी बनाइउँदै राज्यव्यवस्था सुदृढिकरणका लागि समावेशी सामाग्रीहरु प्रसारण गर्नु पर्नेमा जोड दिए । उनले हरेक नेपाली नागरिकका लागि सबै भन्दा सर्वसुलभ तथा भरपर्दो सञ्चार माध्यम रेडियो भएकाले रेडियो नेपालले र्निविकल्प अब्बल सञ्चार माध्यम बन्न समय सापेक्ष आफुलाई परिमार्जन गर्दे सशक्तरुपमा विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको औल्याए । उनका अनुसार सञ्चार माध्यमलाई व्यवस्थापन गर्नको लागि प्रदेश सरकारले आम सञ्चार प्रतिष्ठान मार्फत गृहकार्य गरिरहेको बताउँदै पत्रकार दुर्घटना वीमा, पत्रकारिता अध्ययनका लागि छात्रबृत्तिलगायत कार्यक्रम अगाडि बढाईएको छ ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय मानविकी संकायका डीन खोपीराम लम्सालले रेडियो नेपालका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भनेसाहित्यकार तथा प्राध्यापक डाक्टर दिपक गौतम र उपप्राध्यापक कमलेश डीसीले कार्यपत्र माथि टिपप्णी राखेका थिए । कार्यक्रममा नेपाल समाचार महाशाखा प्रमुख पवन प्याकुरेल, कार्यक्रम महाशाखा प्रमुख नवराज लम्साल, रिपोटिङ्ग शाखा प्रमुख प्रमोद दाहाल, योजना विकास तथा विस्तार महाशाखाका निर्देशक पुष्कर राज गौतम, व्यापार महाशाखाका वरिष्ठ व्यापार अधिकृत पुस्कर बरालले रेडियो नेपालले उत्पादन तथा प्रसारण गर्ने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार
Translate »