२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 24, 2026

प्राविधिक शिक्षाका लागि धार्मिक महोत्सव



स्काई न्यूज /पुस १७, सुर्खेत ।
दैलेखको राकम स्थित जन ज्योती माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि धार्मिक महोत्सव सञ्चालन गरिने भएको छ । राकम कर्णालीको जन ज्योतीमा तीन वर्षे सिभिल ओभरसियर पढाई सञ्चालनका लागि आर्थिक कठिनाई भएपछि स्थानीय बासिन्दाको पहलमा श्री आठविस ज्ञान विज्ञान धार्मिक महा महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएका छन् । माघ २ देखि ९ गतेसम्म सञ्चालन हुने धार्मिक महा महोत्सवबाट प्राप्त आम्दानी तीन वर्षे ओभरसियर पढाई सञ्चालनका लागि खर्च गरिनेछ । सामाजिक शान्ति, सदभाव, भाइचारा, सामाजिक एकतालाई आधुनिक युग अनुकुल बनाउन धार्मिक महोत्सव कोसेढुङगा सावित हुने आयोजक सदस्य केशरसिंह माझीले जानकारी दिए ।

उनले धार्मिक महोत्सवबाट ग्रामीण समाजमा व्याप्त रहेको रुढिगत बिचारधारा, अन्ध विश्वास तथा कुसंस्कारहरु हटाई सभ्य एवं सुसंस्कृत समाजको निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । ‘नेपालकै दोस्रो ठूलो तथा लामो नदी कर्णालीको किनाराको रमणिय भूमि नानटापुमा धार्मिक महोत्सव सञ्चालन हुनेछ,’ उनले भने, ‘ज्ञान विज्ञान महायज्ञमा सपरिवार उपस्थित भई ज्ञानगुणबाट लिएर आफ्नै घरदैलोमा सिभिल ओभरसियरको पढाई सञ्चालनार्थ तन, मन एवं धनले सहयोग गरौं ।’ उनले महायज्ञमा आचार्य श्रीनारायण शरणलगायतबाट कथा वाचन गरिने कार्यक्रम रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७६ पुस १७ गते बिहीबार
Translate »