२०८३ असोज ८ , बिहीबार
Sky News Nepal
September 25, 2026

मगर उव्यासं सुर्खेतको अध्यक्षमा श्रीस मगर



स्काई न्यूज /माघ ६, सुर्खेत
मगर उद्योग व्यापार संघ सुर्खेतको अध्यक्षमा प्रेमबहाुदर श्रीस मगर चयन भएका छन् । संघको आइतबार सुर्खेतको वीरेन्द्रनगरमा भएको भेलाले श्रीस मगरको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्ष कपिलकुमार रानामगर, सचिव भुपेन्द्र थापामगर, सह–सचिव धनबहादुर घर्तिमगर, कोषाध्यक्ष गिता सिंजापति मगर तथा सदस्यमा तिलबहादुर छन्तेल मगर, शेरबहादुर सिजापति मगर, रतनबहादुर हिस्की मगर, मनोज बुढामगर, भपेन्द्र दर्लामी मगर एवं सनिल सारु थापा मगर चयन भएका हुन् । भेलालाई नेपाल मगर संघ जिल्ला समन्वय समिति उद्योग तथा व्यापार विभागका संयोजक दिपबहादुर राना मगर, नेपाल मगर संघ कर्णाली प्रदेश सल्लाहकार हरि थापा मगरलगायतले छरिएर रहेका मगर उद्योगी व्यवसायीलाई संगठित गरेर आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा माथि उठाउने उद्देश्यले मगर उद्योग व्यापार संघ सुर्खेत गठन गरिएको बताए । उनीहरुले मगरहरु एकताबद्ध नभई आर्थिक तथा सांस्कृति रुपान्तरण ल्याउन आवश्यक रहेको औल्याए ।

प्रकाशित मिति : २०७६ माघ ६ गते सोमबार
Translate »