२०८३ असोज १६ , शुक्रबार
Sky News Nepal
October 2, 2026

आज मगर समुदायले भूम्या पर्व मनाउँदै



रोल्पा । रोल्पा र रुकुमका मगर समुदायले आज भूम्या पर्व मनाउँदैछन् । विशेषगरी मगर समुदायले मनाउने यो पर्व रोल्पाको थबाङ, सुनछहरी गाउँपालिका र रुकुमका विभिन्न गाउँहरुमा धुमधामका साथ मनाउने गरिन्छ ।

यो पर्वमा विशेषगरी जमीनको पुजा गरिन्छ । वर्षेनी प्राकृतिक प्रकोपबाट धनजनको क्षति हुनु भनेको भूमि देवता रिसाएर भएको हो भन्ने मान्यताका साथ भूमीको पुजा गर्ने हो भने भूमि देवता खुसी भएर प्राकृतिक विपत्ति बेहोर्न नपर्ने विश्वासकासाथ यो पर्वको सुरुवात गरिएको हो ।

यो पर्वमा युवा युवती, बुढाबुढी हजारौं व्यक्तिहरु एकैचोटी नाच्न सकिने नोको बाङ्गे नाचको पनि आयोजना गरिन्छ । वसन्त ऋतुमा विवाह गर्ने जोडिको दाम्पत्य जीवन सधैं सुखी हुने धार्मिक संस्कारलाई कायम राख्न यो पर्वको शुरुवात गरिएको मगर अगुवाहरुको भनाई छ ।

भुम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुममा आज सार्वजनिक विदा समेत दिएको छ ।

 

प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार
Translate »