कक्षा १२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्न परीक्षा बोर्डको आग्रह

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले प्रेस विज्ञप्ती निकालेर हल्लाको पछि नलाग्न आग्रह हो ।

१२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा रहेको कक्षा १२ को परीक्षा स्थगित भन्दै सूचना आएको छ ।

११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ । तर उक्त सूचना बोर्डको नभएको बताइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायाण पोख्रेलले उक्त सूचना बोर्डले ननिकालेको जानकारी दिए ।

Translate »