शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

काठमाडौं । शिक्षा मन्त्री विद्या भट्द्वाटराइले राजीनामा दिएकी छिन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भट्टराईले स्वास्थ्यको कारण देखाउँदै आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटर राजीनामा पत्र बुझाएकी हुन् ।

शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत हुन बाँकी छ । उनको राजीनामा लगत्तै अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

Translate »