२०८३ असोज १९ , सोमबार
Sky News Nepal
October 6, 2026

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ का अवसरमा नेपाली समाजमा खीरजस्तै मिठास फैलियोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले खीर खाने परम्परागत पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकता झल्काउने उल्लेख गरे । उनले रोपाई सकेर पूर्वजहरुले सुरु गरेको परम्परा र पशुपालन संस्कृतिसँग साउन १५ को गहिरो सम्बन्ध रहेको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले लेखेका छन्,’  ‘आज साउन १५, खीर खाने परम्परागत पर्व । हाम्रा पूर्वजहरुले रोपाई सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए । पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ ।

जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ । शुभ साउन १५ ! सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !’

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार
Translate »