सुर्खेतमा राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोड र आगजनी

सुर्खेत । जेन–जी पुस्ताको आन्दोलनको दोस्रो दिन आज सुर्खेतमा पनि प्रदर्शनकारी उग्र बन्दै गइरहेका छन ।

प्रदर्शनकारीहरुले नेकपा एमाले र नेपाली काँग्रेसको सुर्खेतको वीरेन्द्रनगरस्थित पार्टी कार्यालयमा तोडफोड र आगजानी गरेका हुन् । आगजानीबाट एमालेको पार्टीकार्यालयका सबै कुर्ची, टेवुल, फर्निचर र महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका छन् ।

अहिले पनि आगो धुँवा नियन्त्रण हुन सकेको छैन् । प्रदर्शनकारीहरुले राजनीतिक दलका पार्टी कार्यालयका साथै सरकारी कार्यालयहरूलाई मुख्य निशाना बनाएका छन् ।

Translate »