नेपालीलाई भारत प्रवेशमा रोक

धनगढी । नेपालीलाई भारत प्रवेशमा रोक लगाइएको छ ।

जेन–जी पुस्ताको आन्दोलनका कारण उत्पन्न ताजा घटनाक्रमलाई मध्यनजर गर्दै भारतले कैलाली स्थित नेपाल–भारत सिमानाका गौरीफन्टा ब्यारेल बन्द गरेको हो । भारतीय सुरक्षाकर्मीले गौरीफन्टा नाका भएर भारत जाने नेपालीलाई रोकेको हुन् ।

सिमानाका प्रवेशमा रोक लगाईपछि भारत जान लागेको सयौं नेपाली अलपत्र परेका छन् । यसैगरी भारतबाट नेपाल फर्किन समेत नेपालीलाई समस्या भइरहेको छ ।

नाका बन्द गरिपछि कयौं नेपाली सीमावर्ती भारतीय बजारमा रोकिएको बताइन्छ। जेनजीको प्रदर्शनका कारण नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाइएको भन्ने जानकारी आएको स्थानीय प्रशासनले जनाएको छ ।

Translate »