सुर्खेतमा निषेधाज्ञा उलंघन गर्ने ६ जना पक्राउ

सुर्खेत । जेनजीको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यकरण गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले लागू गरेको निषेधाज्ञा उलंघन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञा उलंघन गर्ने ६ जनालाई आज वीरेन्द्रनगरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर आवश्यक कारवाही शुरु गरिएको जानकारी दिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जुम्लाको कनकासुन्दरी–५,का ३३ वर्षिय बर्दी बोहरा, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८, का ३१ वर्षिय मोहन थापा, कालिकोटको पचालझरना–३, का १८ वर्षिय महेश कठायत, तिलागुफा–१, का २४ वर्षिय प्रेम बुढा, शुभकालिका–३, का २६ वर्षिय पुष्पराज शाही र पचालझरना–३, का १८ वर्षिय मिलन बस्नेत रहेका छन् ।

पक्राउ परेका माथि स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।

Translate »