२०८३ असोज १९ , सोमबार
Sky News Nepal
October 5, 2026

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आव्हान



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आव्हान गरेको छ ।

आयोगले शुक्रबार फरक फरक सूचना जारी गर्दै प्रतिनिधि सभाका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको हो ।

आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ ।

प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते हुँदैछ ।

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार
Translate »