२०८३ असोज १९ , सोमबार
Sky News Nepal
October 5, 2026

समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची टुङ्गो लगाउने जिम्मा अध्यक्ष ओलीलाई



काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूचीमा समावेश गरिने उम्मेदवारहरूको नामावली टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूचीमा समावेश गरिने उम्मेदवारहरूको टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्ष ओलीलाई दिइएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

अध्यक्ष ओलीले नामावली टुङ्गो लगाउनुभएपछि भोलि नै उक्त नामावली निर्वाचन आयोगमा बुझाउने निर्णय सचिवालय बैठकले गरेको उनले बताए । आयोगको कार्यतालिका अनुसार आज र भोलि सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्ने कार्यतालिका रहेको छ । रासस

 

प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार
Translate »