नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ

काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई पक्राउ परेका छन् । प्रहरीले निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार काठमाडौंको टेबहालबाट बास्तोलालाई पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले निर्वाचनविरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा उनीमाथि अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएको जनाए ।

‘नेकपा बहुमतले निर्वाचन बहिष्कारको नीतिसहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । २१ फागुनमा हुने चुनावलाई शान्तिपूर्वक रुपमा सम्पन्न गर्न चुनावविरोधी गतिविधिमा संलग्नमाथि कारबाही थालिएको प्रहरीको भनाइ छ ।

Translate »