सुर्खेतको वीरेन्द्रनगरमा ज्याभलिङ एजुकेशन कन्सलटेन्सीको सेवा शुरु


वीरेन्द्रनगर । अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई शैक्षिक परामर्श सहितको सेवा दिने उद्देश्यले वीरेन्द्रनगरको मंगलगढी चोकमा ज्याभलिङ एजुकेशन कन्सलटेन्सीले सेवा शुभारम्भ गरेको छ ।
जापान र कोरियालगायतका देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई लक्षित गर्दै वीरेन्द्रनगरमा विहीबारदेखि सेवा शुरु गरेको हो । कर्णालीका विपन्न र गरिव विद्यार्थीलाई लक्षित गरी स्थापना भएको कन्सलटेन्सीले सर्वसुलभ तरिकाले जापान र कोरियाका स्थापित विश्वविद्यालयमा अध्ययनका लागि विद्यार्थीलाई लक्षित गर्दै कन्सलटेन्सी सञ्चालनमा ल्याईएको सञ्चालक सुनिल सञ्ज्यालले जानकारी दिए ।
उनले वैदेशिक अध्ययन इच्छुक विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि गुणस्तरीय, भरोसायोग्य र पारदर्शी परामर्श सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । विद्यार्थीहरुलाई दक्ष प्रशिक्षकद्वारा अन्तरराष्ट्रिय स्तरको आईएलटिएस, पिटीई कक्षा सन्चालन गरिने उनको भनाइ थियो ।

कन्सलटेन्सीको उद्घाटन कर्णालीका समाजसेवी नवराज सञ्ज्यालले गरेका थिए । उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, कर्णाली प्रदेश मानव संसाधन केन्द्रका प्रमुख जवाहरलाल हमाल, मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्याक डा.विष्णुकुमार खड्का, सुर्खेत जिल्ला समन्वय समितिका सदस्य डिल्लीप्रसाद पाण्डेले पछिल्लो समय सुर्खेतमा कन्सलटेन्सी खुल्ने क्रम बढेको भन्दै सही र गुणस्तरीय सेवा दिन आग्रह गरेका छन् ।
उनीहरुले अन्तर्राष्ट्रिय शिक्षा, क्यारियर काउन्सेलिङ तथा विद्यार्थी मार्गदर्शनमा ज्याभलिङ कन्सलटेन्सीले इमान्दार, पारदर्शी र प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । कन्सलटेन्सीका प्रमुख सुनिल सञ्ज्यालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी जब्बर श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।


