कर्णाली खेलकुद परिषद्को सदस्य सचिवमा चन्द नियुक्त


सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा रविन्द्र चन्दलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले परिषद्को नयाँ पदाधिकारी नियुक्ति तथा सदस्य मनोनयन गर्ने निर्णय गरेको हो ।
बैठकले परिषद्को उपाध्यक्षमा प्रमोद हमाल तथा सदस्यहरुमा कालीकोटको खाँडाचक्र नगरपालिका–७ का पंखबहादुर मल्ल, वीरेन्द्रनगर–३ सुर्खेतकी भीमकुमारी भुसाल, हुम्लाको चंखेली गाउँपालिका–४ का गोर्खबहादुर शाही, दैलेखको दुल्लु नगरपालिका–८ का पवनकुमार थापा र वीरेन्द्रनगर–४ सुर्खेतका किरणकिशोर सापकोटालाई मनोनयन गरिएको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिनु भयो ।

