विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा आज नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशको नवौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा लगानीका प्रशस्त सम्भावना भएपनि अपेक्षित रुपमा निजी क्षेत्रको संलग्नता हुन नसकेको उल्लेख गरे ।

मुख्यमन्त्री कँडेलले कर्णाली प्राकृतिक स्रोत, कृषि, पर्यटन तथा जलस्रोतका दृष्टिले धनी प्रदेश भएको भन्दै यिनै क्षेत्रलाई आधार बनाएर आर्थिक विकासको ढोका खोल्न सकिने बताए ।
उनले परम्परागत रुपमा तयारी वस्तु बेच्ने प्रवृत्तिबाट बाहिर निस्केर उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्नेमा समेत जोड दिए । कर्णालीमा कृषि, जडीबुटी, जलविद्युत र पर्यटनमा ठूलो सम्भावना रहेको बताउँदै यी क्षेत्रमा निजी क्षेत्रले लगानी बढाउनु पर्नेमा उनले जोड दिए ।

