कर्णाली उत्सवको सातौं संस्करण शुरु

सुर्खेत । कर्णाली उत्सवको सातौं संस्करण आज देखि सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी हलको आँगनमा सुरु भएको छ ।

‘कुरा कर्णालीका’ भन्ने नारासहित सञ्चालन हुने उत्सवमा साहित्य, कला, संगीत, समाज र विकासका विविध विषयमा बहस तथा प्रस्तुति गरिने (चैत २८ देखि ३० गतेसम्म) सञ्चालन हुनेछ । उत्सवको उद्घाटन ‘सात धुनबाट’ शुरु भएको थियो ।

उद्घाटन सत्रमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालको नेतृत्वमा ‘नारी नेतृत्व’ विषयमा विद्धत प्रवचन तथा ‘सात वर्ष सात प्रयास’ शीर्षकमा अडियो–भिजुअल प्रदर्शन गरिएको थियो ।

साथै, देवन्द्ररमण खनालको ‘कर्णालीमा बैकिङ लगानी’ विषयक प्रस्तुति र केशव दाहालको ‘मोक्षभूमि कर्णाली’ विषयक विशेष प्रवचन भईरहेको छ ।

‘सुइना कर्णालीका’ विषयमा छलफल भईरहेको छ भने ‘जेनेजीः सडकदेखि सदनसम्म’ शीर्षकमा बहस समेत आयोजना गरिएको । आजै साँझ ४ बजे डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले आफ्नो सफलताको संघर्ष पैकेलोमार्फत सुनाउने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् ।

Translate »