गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन


कास्की । गण्डकी प्रदेश सरकारमा बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।
पुनर्गठनसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नयाँ मन्त्रीहरू नियुक्त भई सपथ ग्रहण गरेका छन् । नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् ।

यस्तै, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तथा भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त भएका छन् ।
त्यसैगरी, नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थमन्त्री नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री तथा रेखा गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन् ।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण गरेर आजै देखि पदभार ग्रहण गरेका छन् ।

