संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता हुनुको कारण बुझ्न बाँकी : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता हुनुको कारणबारे आफू बुझ्ने क्रममा रहेको बताएका छन् ।

आइतबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उनले बुझ्नै बाँकी रहेको भन्दै यसबारेमा केही भन्न नसक्ने बताएका हुन् ।

सरकारले पठाएका ८ मध्ये ७ वटा अध्यादेश जारी गरेका राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मात्रै फिर्ता गरेर अरु क्रमिक रुपमा जारी गरेका थिए ।

रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्नुको कारणबारे आफूले बुझ्न बाँकी भएको सभापति लामिछानेको भनाइ छ । ‘मैले बुझ्दैछु, बुझ्नुपर्ला, के भन्नुभएको छ, त्यसमा बुझौंला । बुझेपछि मात्रै भनौंला,’ उनले भने ।

Translate »