ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दार्मा गाउँपालिका–२, का १७ वर्षीय ट्याक्टर चालक प्रदीप विक रहेका छन् । आज भएको ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते विकलाई उपचारका लाग थुम्केसल्ली स्वास्थ्य चौकीमा लगिएकोमा स्वास्थ्य चौकीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् । दार्मा गाउँपालिका फारुलाचौरबाट भुस खोला जाँदै गरेको रा १ त– ४४९५ नम्बरको ट्याक्टर दार्मा गाउँपालिका–२, भुस खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी दार्मा गाउँपालिका–२, भुस खोलाका १७ वर्षीय टेकबहादुर विक र २२ वर्षीय विशाल विक घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरु टेकबहादुरको थुम्केसल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने विशाललाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

