एसइई पुरक परीक्षाको तालिका सार्वजनिक


भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक (ग्रेड) वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । बोर्डको निर्णय अनुसार २०८२ को नियमित एसइई परीक्षामा ग्रेडिङ हुन असफल भएका बिद्यार्थीहरु यस परीक्षामा सहभागी हुन पाउने छन् ।
तालिका अनुसार असार १ गते अनिवार्य अङ्ग्रेजी, संस्कृत, बेदबिद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा,असार २ गते अनिवार्य नेपाली, गैर नेपाली विद्यार्थीका लागि अतिरिक्त अङ्ग्रेजी,असार ३ गते अनिवार्य गणित विषयको परीक्षा सञ्चालन गरिने भएको छ ।

असार ४ गते अनिवार्य विज्ञान तथा प्रविधि, संस्कृत वेदबिद्याश्रमतर्फ शुक्लयजुर्वेद, सामवेद, ऋग्वेद, अथर्ववेद, नीति शास्त्र र मदरसातर्फ अनिवार्य सिरत रईस्माली र असार ५ गते अनिवार्य सामाजिक अध्ययन ,प्राविधिक धारतर्फ ऐच्छिक गणित, संस्कृत वेदबिद्याश्रमतर्फ संस्कृत भाषा तथा व्याकरण, साधारण तथा संस्कृत र वेदबिद्याश्रमतर्फ ऐच्छिक प्रथम पत्रका सबै विषयको परीक्षा सञ्चालन गरिनेछ ।
त्यसैगरी असार ६ गते साधारण तथा संस्कृत र वेदबिद्याश्रमतर्फ ऐच्छिक प्रथम पत्रका सबै विषय,प्राविधिक धार तथा संस्कृत–वेदविद्याश्रमतर्फका विभिन्न विषयहरूको परीक्षा हुनेछ ।
असार ७ गते साधारण तथा संस्कृत र वेदबिद्याश्रमतर्फ ऐच्छिक द्वितीय पत्रका सबै विषय र प्राविधिक धारका विभिन्न विषय, ८ र ९ गते प्राविधिक धारतर्फका विभिन्न विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।
परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने तय भएको छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र परिवर्तन नहुने पनि सूचनामार्फत जनाएको छ ।

