कर्णाली प्रदेशको बजेट मन्त्रिपरिषद्बाट पारित


सुर्खेत । कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित गरेको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आउँदो आर्थिक वर्षको बजेट पारित गरेको हो ।

‘कर्णाली प्रदेश आर्थिक विधेयक २०८३’ र ‘कर्णाली प्रदेश विनियोजन विधेयक २०८३’ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिएको प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए ।
मन्त्रीपरिषद् बैठकले प्रदेशसभामा पेस गर्न स्वीकृति दिएसँगै अहिले केही बेरमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले वार्षिक आय–व्यय (बजेट) प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

