माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

छिन्चु । पूर्वी सुर्खेतको छिन्चुमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

भेरीगंगा नगरपालिका–७, काठेघारी बस्ने १७ वर्षिया निर्मला बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

शनिबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घटना स्थलमै मृत्यु भएको हो । माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्कोले पुरिएर मृत्यु भएको खबर भेरीगंगा नगरपालिका–७, का वडाध्यक्ष कर्णबहादुर मिजारले खबर गरेपछि ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी खटिएको थियो ।

घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Translate »