राष्ट्रिय धान दिवस : ढिलो रोपाइँ हुँदा उत्पादन घट्ने कृषकलाई चिन्ता

समाचार विश्लेषण

डिल बहादुर खत्री / सुर्खेत । असार १५ मा किसानले दही चिउरा खाँदै धान रोप्नुपर्ने हो । तर, सिँचाइ र मलको अभावमा किसानले यस वर्ष धान रोप्नै पाएका छैनन् । ब्याडको धान बीउ सुक्दै जाँदा किसान थप चिन्तित छन् ।

सरकारी आँकडाअनुसार यो वर्ष देशभर देशभर १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफल जमिनमा बर्खे धान रोपाइँ हुने गरेकोमा यही असार १५ गतेसम्म १ लाख ५७ हजार ५८३ दशमलव ९९ हेक्टर जमिनमा मात्रै रोपाई भएको छ । सोचेजति वर्षा नहुँदा यस वर्ष धान रोपाई सुस्त देखिएको छ । मनसुन सक्रिय भएपनि अपेक्षाअनुसार वर्षा नहुँदा यो वर्ष कर्णालीमा रोपाई कार्य प्रभावित भएको हो ।

समाचार विश्लेषण

कर्णाली प्रदेशमा हालसम्म २५.९९ प्रतिशत धान रोपाई भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा १३.११ प्रतिशतले कमि हो । कर्णालीमा गत वर्ष यही अवधिमा ३९.१ प्रतिशत रोपाई भई सकेको थियो । यद्यपि ! कृषि विभागको तथ्यांकअनुसार देशभर ११.३३ प्रतिशत धान रोपाई सम्पन्न भएकोमा असार १५ गतेसम्म प्रदेशगत रुपमा सबैभन्दा बढी २५.९९ प्रतिशत धान रोपाई कर्णालीमा भएको छ ।

जुन गत वर्षको यही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले कम हो । देशभर १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफल जमिनमा बर्खे धान रोपाइँ हुने गरेकोमा यही असार १५ गतेसम्म १ लाख ५८ हजार ५९९ दशमलव ९९ हेक्टर जमिनमा मात्रै रोपाई भएको छ । खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा एवं भविष्य र राष्ट्रको समुन्नति जोडिएको हुन्छ ।

तर, असार १५ दही चिउरा खाने दिन मात्र नभई धान दिवसका रुपमा समेत मनाउने भएकाले कर्णाली जस्ता गरिव प्रदेशका नेता तथा कर्मचारीलाई रमाईलो मनाउने दिवसका रुपमा लिन थालिएको छ । जुन, सरासर गलत परम्परा हो । आम सर्वसाधारणले आफ्नो र रगत बगाएर राज्यलाई तिरेको करबाट कसैलाई मस्ती मनाउने छुट हुनु हुँदैन् ।

राष्ट्रिय धान दिवसका अवसर खेतमा पसिना बगाएर राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्ने अन्नदाता किसानप्रतिको समर्पण हो । निकम्मा नेता पाल्ने चलनको अब अन्त्य गरिनु पर्छ । असार १५ केवल धान रोपाइँको दिन मात्र होइन, यो नेपाली किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव पनि हो । देशको मुख्य खाद्यान्न बाली धान भएकाले यसको उत्पादकत्व वृद्धि गर्नु केवल कृषि कर्म मात्र नभएर नागरिकको जीवन रक्षाको सुनिश्चितता र संविधानको मर्मको पालना पनि हो ।

सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषण गरी हरेक वर्ष मनाइँदै आएको छ । यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासाथ २३ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँएको छ । मनसुनको अनियमितताका कारण असारको १५ पुग्दा समेत कतिपय किसानले धानको बिउ समेत राख्न नपाएको तथा मल, बीउ, सिँचाइ र प्रविधिको अभाव झेल्नु परिरहेको भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराई रहेका छन् ।

किसानको श्रमको उचित मूल्याङ्कन नगरी कृषि क्षेत्रको विकास सम्भव नहुने हुँदा किसानमैत्री नीति, कृषि आधुनिकीकरण र कृषि उत्पादनको उचित मूल्यको तथा खाद्य सुरक्षाको सुनिश्चितताको लागि प्रभावकारी कार्यक्रम ल्याउन माग माग गरिएको छ । असारको आधा बित्दासम्म पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ अपेक्षाअनुसार हुन सकेको छैन् ।

राष्ट्रिय धान दिवस मनाईरहँदा सोमबार सुकिलामुकिलाले सरकारी पैसामा टिसर्ट, खानपान र कार्यक्रममा गरेको खर्चले कति मुरी धान किन्न पुग्थ्यो होला ? यो अनुसन्धान र जाँचको विषय हो । संघीय कृषि मन्त्रालय, प्रदेश कृषि मन्त्रालय वा निर्देशनालय र जिल्ला स्थित कार्यालयसँगै पालिका र राजनीतिक संगठन र सहकारीले समेत धान दिवसको नौटंकी सामाजिक सञ्जालका भित्ताभरी देख्न सकिन्छ ।

कर्णाली जस्तो सिंचाईको अपर्याप्ता भएको प्रदेशमा समयमै पानी नपर्दा अधिकांश धान खेत अझै बाँझै रहेका छन् भने किसान वर्षाको प्रतीक्षामा छन् । कर्णाली मुख्यतः आकाशे पानीमा निर्भर रहने भएकाले समयमै वर्षा नहुँदा किसानले रोपाइँ गर्न नसकेका हुन् । वर्षाको भरमा खेती गर्ने चलन भएकाले र सिँचाइ नहरमा पनि अहिलेसम्म पानी पर्याप्त छैन् ।

धान खेतीका लागि आवश्यक मात्रामा वर्षा नभएकाले किसान चिन्तित छन् । विगत चार दिनयता प्रदेशका विभिन्न जिल्लाका केही स्थानमा वर्षा हुन थाले पनि त्यसअघि लामो समयसम्म परेको चर्को घामका कारण खेतबारी पूर्ण रुपमा सुकिसकेका थिए । अहिले परेको पानीले खेतमा केही चिस्यान बढे पनि व्यापक रुपमा रोपाइँ गर्न पुग्ने अवस्था नरहेको कृषकको भनाइ छ ।

समयमै पानी नपर्दा धान खेती अन्योलमा बढेको कृषक बताउँछन् । अहिले केही पानी परे पनि अझै निरन्तर वर्षा भए मात्रै रोपाइँले गति लिन्छ । ढिलो रोपाइँ हुँदा उत्पादन पनि घट्ने चिन्ता छ । कृषि विज्ञहरुका अनुसार असार महिनाभित्र अधिकांश क्षेत्रमा धान रोपाइँ सम्पन्न हुनुपर्ने भएपनि वर्षा ढिलो हुँदा बालीको उत्पादनमा प्रत्यक्ष असर पर्न सक्छ ।

समयमै रोपाइँ हुन नसके बिरुवाको वृद्धि प्रभावित हुने र अन्ततः उत्पादन घट्ने सम्भावना रहन्छ । धान मुख्य खाद्यान्न बालीका रुपमा खेती गरिन्छ । कर्णालीको ठूलो जनसंख्याको जीविकोपार्जन कृषि पेसामा आधारित भएकाले धान रोपाइँमा भएको ढिलाइले किसानको आम्दानीसँगै समग्र कृषि उत्पादनमा समेत प्रभाव पार्ने देखिएको छ ।

 

Translate »