२०८३ असार २७ , शनिबार
Sky News Nepal
२०८३ असार २७ , शनिबार

कर्णाली नदीमा सखेको गाडीका चालक सुवेदीको शव भेटियो



सुर्खेत । दैलेखको साङ्गेतडा गाडी दुर्घटनाका चालकको शव ९ दिनपछि फेला परेको छ ।

चालक तुलाराम सुवेदीको शव आज बिहान ७ बजेको समयमा अछामको तुर्माखाँद गाउँपालिका–२, जमगडास्थित कर्णाली नदीको किनारमा भेटिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–८, माझिगाउँ निवासी सुवेदीको शव उनका बुबाले पहिचान गरी बुझेका हुन् ।

साङ्गेतडा घटनामा बेपत्ता भएका तुलारामका भाई गाडीका सह–चालक रामप्रसाद सुवेदीको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । यहीं असार १८ गते बिहान ११ः ३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएर कर्णाली नदीमा खसेको थियो ।

गाडीमा ५ जना सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा, भीरमा अड्किएको अवस्थामा मृत्त फेला परेका थिए भने गाडीसँगै नदीमा बेपत्ता भएका कालिकोटको पचालझरना गाउँपालिका–९, का मेगे तिरुवाको शव गत सोमबार कैलालीको सुङ्गरखाला क्षेत्रमा भेटिएको थियो ।

‎यस्तै, कालिकोटको रास्कोट नगरपालिका–२, की १८ वर्षीया सिर्जनाको शव मंगलबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—४, मा पर्ने डङ्डगे क्षेत्रमा भेटिएको थियो । अझै गाडीको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २७ गते शनिबार
Translate »