

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट सहभागी चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
आज बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री यामलाल कँडेललाई उनीहरुले राजीनामा बुझाएका हुन् । यद्यपि ! उनीहरुको राजिनामा स्वीकृत भइसकेको छैन् ।
राजीनामा बुझाएर मार्गप्रशस्त गरेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । उनले सामुहिक राजीनामा बुझाएर स्वीकृतिको पर्खाइमा रहेको जनाए ।

प्रदेश सरकारमा काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकासमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी सहभागी थिए ।
मन्त्रीहरुले राजीनामा बुजाए पनि पार्टीले भने एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन् । यद्यपि ! आर्थिक मामिला तथा योजना मन्त्री शाह हाल स्वास्थ्य उपचारको सिलसिलामा बैंककमा छन् ।
उनले आफू बैंकक प्रस्थान गर्नुअघि नै राजीनामा पत्र बुझाएर आएको बताए ।












