२०८३ साउन ५ , मंगलबार
Sky News Nepal
२०८३ साउन ५ , मंगलबार

दुई वर्षदेखि फरार प्रतिवादी बाँकेबाट पक्राउ



सुर्खेत । सुर्खेत प्रहरीले अदालतबाट कैद तथा जरिवाना ठहर भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्ने अभियानलाई तीव्र पारेको छ।

यस विशेष अभियानअन्तर्गत दुई वर्ष वा सोभन्दा बढी समयदेखि फरार रहेका विभिन्न मुद्दाका अभियुक्तहरु पक्राउ परेका छन् । सोमबार दुई वर्षदेखि फरार लागु औषध ब्राउन सुगर मुद्दाका प्रतिवादीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी वरिष्ठ नायव निरीक्षक ज्ञानेन्द्रबहादुर शाही कमाण्डको प्रहरी टोलीले ‘राजु’ भनिने कमरूदिन अन्सारीलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१, शिव मन्दिर नजिकबाट पक्राउ गरेको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१, ठेगाना भएका ३४ वर्षिय अन्सारी प्रतिबन्धित लागु औषध ब्राउन सुगर व्यापारी हुन् । उनलाई सुर्खेत जिल्ला अदालतले दुई वर्ष पहिले नै डेढ महिनाको कैद सजाय सुनाएको थियो ।

अदालतको फैसला कार्यान्वयनका लागि फरार अन्सारीलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाईएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार
Translate »