२०८३ साउन ७ , बिहीबार
Sky News Nepal
२०८३ साउन ७ , बिहीबार

कारागारलाई पुस्तक सहयोग



सुर्खेत ।  कारगारका कैदीबन्दीलाई अध्ययनतर्फ आकर्षित गर्ने उद्देश्यले पुस्तक सहयोग गरिएको छ ।

विहीबार पुस्तक अभियान अन्तर्गत साहित्य, कथा, कविता, जेलजीवन, राजनीतिक विचार, सिद्धान्त, व्यावसायिक सीप, उत्प्रेरणा र सकारात्मक सोचसम्बन्धी आठ दर्जन पुस्तक कारागार कार्यालय सुर्खेतमार्फत कैदीबन्दीलाई पुस्तक सहयोग गरिएको हो ।

पुस्तक हस्तान्तरण कार्यक्रममा  कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) जयराज सापकोटाले कैदीबन्दीलाई कारागारबाट निस्कँदा ज्ञान र सकारात्मक सन्देश लिएर बाहिरिन पुस्तकले ठूलो सहयोग गर्ने बताए ।

‘पुस्तकले उनीहरूलाई जीवनप्रति प्रेरित गर्नेछ । नकारात्मक सोचको रोकथाम अब किताबले गर्नेछ,’ उनले भने, ‘कारागारबाट निस्केपछि फेरि अपराधमा फर्कने सोच हटाउन पनि किताबले ठूलो भूमिका खेल्नेछ।’

पुस्तक अभियानमार्फत कर्णाली प्रदेशका १० जिल्लाका १४ वटा हिरासतमा ४० हजारभन्दा बढी पुस्तक हस्तान्तरण भइसकेको बताईएको छ ।

सुर्खेत कारागार कार्यालयका जेलर लक्ष्मी खरेलले पुस्तकले कैदीबन्दीको व्यवहारमा परिवर्तन ल्याएको बताइन् । उनका अनुसार पुस्तक अभियान सुरु भएपछि कारागारभित्र हुने दैनिक झैझगडा पनि कम भएको छ ।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार
Translate »