२०८३ मंसिर १२ , शुक्रबार
Sky News Nepal
November 28, 2026

दशौं राष्ट्रिय खेलकुद : जिम्न्यास्टिक प्रतियोगितामा दोस्रो चरणका खेलहरु सुरु



सुर्खेत ।  १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिक खेलमा दोस्रो चरणका प्रतिस्पर्धा आजदेखि सुरु भएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको मिनी कभर्ड हलमा महिला तथा पुरुष खेलाडीहरुले विहीबार र शुक्रबार फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायतका विधामा पहिलो चरण पुरा गरी दोस्रो चरणमा प्रवेश गरेका छन् ।

जिम्न्यास्टिकका मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार अधिकांस खेलाडीहरुले प्रारम्भिक चरण पुरा गरि दोस्रो चरणमा प्रवेश गरेका छन् । तीन चरणमा सञ्चालन हुने जिम्न्यास्टिक खेलमा कम्पिटिसन–२ (अलराउन्ड) मा ४२ महिला र ४९ जना पुरुष खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, बागमती, लुम्बिनी, गण्डकी, कोशी प्रदेशका साथै विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाले सहभागी छन् । जिम्न्यास्टिक प्रतियोगिता विहीबारदेखि शुरु भएको हो ।

 

प्रकाशित मिति : २०८३ मंसिर १२ गते शुक्रबार
Translate »