२०८३ मंसिर १३ , शनिबार
Sky News Nepal
November 28, 2026

महिला क्रिकेट : गण्डकीलाई पराजीत गदै सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा



सुर्खेत ।  दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पुरा भएको छ ।

लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको हो । सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई–दुई अंक प्राप्त गरेको भएपनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको हो ।

यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका थिए । टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

गण्डकीका लागि सिमाना केसीले सर्वाधिक ४० रनको योगदान दिइन् । ३४ बल खेलेकी सिमानाले तीन चौका प्रहार गरिन् । यस्तै सम्झना पौडेलले नटआउट ३८ रनको योगदान दिइन् । ओपनर दिपिका सापकोटा शून्यमै आउट हुँदा श्रेया शाहले १५ रन बनाइन् । रेखा तामाङ ४ रन बनाएर आउट हुँदा चन्द्रमाया बराल र कुशुम गोदारले एक–एक रन थपे ।

सुदूरपश्चिमकी स्नेहा महराले २ विकेट लिइन् भने अनु कडायत, करिष्मा थापा र यशु पाण्डेले एक–एक विकेट लिए । सुदूरपश्चिमलाई जिताउन अनु कडायतले महत्वपूर्ण पारी खेलिन् ।

३३ बलको सामना गरेकी अनुले दुई छक्का र सात चौका प्रहार गरिन् । यस्तै मनिषा बोहराले २५ रन बनाउँदा यशु पाण्डेले ११, ऋतु कनौजीयाले ८, स्नेहा महराले दुई र ममता बोहराले एक रन बनाइन् । गण्डकीका लागि दिपिका सापकोटाले ४ तथा चन्द्रमाया बरालले १ विकेट लिए ।

प्रकाशित मिति : २०८३ मंसिर १३ गते शनिबार
Translate »