अबैध काठका एक हजार ठेकी बरामद
भन्सार छलेर भारत लैजादै गर्दा पक्राउ
स्काई न्यूज / पुस ८, बर्दिया ।
प्रहरीले भन्सार छलेर भारततर्फ लैजान लागेको अवस्थामा १ हजार थान काठका ठेकी बरामद गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध रुपमा भन्सार छली भारततर्फ लैजान लागेको अवस्थामा सो परिमाणको करीब १ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको काठको ठेकी बरामद गरेको प्रहरीले बताएको छ । प्रहरीले सो कार्यमा संलग्न भएको आरोपमा भारत बहराईच बस्ने ३३ वर्षीय जाबेद अलीसहित सात जनालाई सोमवार साँझ पक्राउ गरेको छ । से १ ख ११५१ नम्बरको ट्रकबाट अनलोड गरी काठको ठेकी राखेको खवरपछि ईलाका प्रहरी कार्यालय मैनापोखरले सात ओटा साइकल र ट्रकसहित उनीहरुलाई पक्राउ गरेको हो ।