‘जन नमूना माविलाई खेलकुद मैत्री बनाईने’

अन्तर सदनात्मक खेलकुद प्रतियोगिता

स्काई न्यूज /पुस १२, सुर्खेत ।
प्रदेशकै चर्चित विद्यालय जन नमूना माध्यमिक विद्यालयले दुई सय ४० पदक वितरण गरेको छ । जन नमूनामा बुधबारदेखि जारी अन्तर सदनात्मक खेलकुद प्रतियोगितामा विजेता विभिन्न स्पर्धाका दुई सय ४० खेलाडीलाई शुक्रबार एक कार्यक्रमका वीच प्रमाणपत्र तथा मेडल वितरण गरिएको हो । पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, पूर्व शिक्षक अभिभावक संघका अध्यक्षहरुसहित स्थानीय समाजसेवीहरुबाट विजेता खेलाडीलाई प्रमाण पत्रसहित मेडल वितरण गरिएको थियो । प्रतियोगितामा २४० पदकका लागि ३२० जना प्रतियोगि एक आपसमा प्रतिस्पर्धा गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले शारीरिक तथा मानसिक विकाससँगै अनुशासित बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहने भएकाले अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई समक्ष एवं सवल बनाउन लागिएको बताए । उनले गुणस्तरीय पढाईसँगै खेलकुदका माध्यमबाट दक्ष खेलाडी उत्पादन गर्न अन्तर सदनात्मक खेलकुद प्रतियोगिता आवश्यक रहेको औल्याए । उनका अनुसार विद्यालयले विद्यार्थीलाई पढाईका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएको छ ।

‘जन नमूना माविमा गुणस्तरीय पठन पाठनसँगै खेलकुद मैत्री बनाउन हामी प्रयासरत छौं,’ उनले भने, ‘आउँदो पाँच वर्षभित्र जन नमूनालाई आर्दश विद्यालय बनाउन अभिभावकसँगै जनप्रतिनिधि, राजनीति दल तथा सरकारको समेत सल्लाह, सुझाव आवश्यक छ ।’ कार्यक्रममा विद्यालयका खेलकुद संयोजक चन्द्रप्रकाश शाहीले अन्तर सदनात्मक खेलकुद प्रतियोगितामा कवड्डी, हिसाव दौड, चम्चा दौड, बोरा दौड, म्युजिकल चियर, फुटबल एवं एथलेटिक्सलगायतका प्रतियोगिता आयोजना गरिएको बताए । उनले अन्तर सदनात्मक खेलकुद प्रतियोगिताबाट राष्ट्रपति रनिङ्ग खेलकूद प्रतियोगिताको पूर्व तयारिका रुपमा बुझ्न समेत आग्रह गरे । उनका अनुसार खेलले विद्यार्थीलाई अनुशासन, जिम्मेवारीपन एवं गतिशील बनाउँछ ।


यसैवीच विद्यालयमा शुक्रबार स्वर्गीय शिक्षक जीवन उपाध्यायको स्मृतिमा प्रधानाध्यापक–११ भर्सेज अध्यक्ष–११ वीच मैत्रीपूर्ण फुटबल खेल खेलिएको थियो । त्यसअघि स्वर्गीय शिक्षक उपाध्यायको तस्वीरमा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ एवं विद्यार्थीले भावपूर्ण श्रद्दान्जली अर्पण गरेका थिए । ‘खेलकुद प्रतियोगिता सम्पन्न पछि विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले आफ्नो फेसबुक स्टाटस मार्फत समेत प्रतियोगितामा सफल विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक बधाई दिएका छन् । उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, कर्मचारी, खेल सञ्चालन समिति, खेल संयोजक एवम् पुरस्कार वितरण कार्यक्रममा उपस्थित भई खेलाडीको हौसला बढाउने कमलराज रेग्मी, रामबहादुर खत्री, लिलाधर गौतम, मिनबहादुर केसी, जीवनकुमार शाक्य, बिष्णु शर्मा, आकाश तारा बयक, यामलाल गौतम, भरत पन्त एवं राधिका थापालाई समेत धन्यवाद व्यक्त गरे ।

Translate »