‘सहकारी आर्थिक उन्नतीमा जुट्नु पर्छ’

स्काई न्यूज/ पुस २८, सुर्खेत ।
सुर्खेतमा समान प्रकृतिका सहकारीहरु वीच एकीकरण प्रक्रिया तीव्र पारिएको छ । सोमबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा समान प्रकृतिका दुई सहकारी चौकुने बहुउद्देश्यीय सहकारी र सुनौलो विहानी सहकारी वीच एकीकरण भएको हो । एकीकरण पछि बनेको सुनौलो बिहानी चौकुने बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा इन्द्रबहादुर सोनी चयन भएका छन् । यस्तै संस्थको उपाध्यक्षमा डिलबहादुर पल्ली, सचिव लालमणि धमाला, सह–सचिव धनबहादुर पुलामी, कोषाध्यक्ष खगिराम बिक तथा सदस्यमा बलबहादुर कठायत, गणेश बिक, मोति कामी, निरक राना, नौरुपा चितौरे एवं खगिराम बिक रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा निर्मला अर्याल, ऋण उपसमितिको संयोजकमा डिलबहादुर पल्ली, शिक्षा उपसमितिको संयोजकमा प्रेमराज जोशी तथा सल्लाहकार समितिको संयोजकमा गोरखबहादुर शाहीलाई चयन गरिएको छ । एकीकरण कार्यक्रममा कर्णाली प्रदेश सभाका उपसभामुख पुस्पा घर्तीले जनतालाई प्रत्यक्ष लाभ पुग्ने खालका सहकारी मार्फत समाजलाई परिवर्तन गर्न सकिने धारणा राखिन् । त्यस्तै कर्णाली प्रदेश सभा सदस्य बिन्दमान बिष्टले बचत तथा ऋणमा मात्र सीमित नभई अब सहकारीका माध्यमबाट साझा उद्देश्य परिपूर्तिका ठोस काम गर्नुपर्ने बेला आएको बताए । चौकुने गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले आर्थिक वृद्धिदर बढाउन चौकुने गाउँपालिकामा रहेका सबै सहकारीलाई एकीकरण गरि उत्पादन कार्यमा जुट्न प्रोत्साहन गरिने जनाए । कार्यक्रममा चौकुने गाउँपालिका उपाध्यक्ष निर्मला मगर, समाजसेवीहरु मोहन बडुवाल, गोबिन्द तिमिल्सिना, खड्क बिक, बिमला जिसी, गंगाराम बिक, इन्द्र ढकाल, अमर बिसी, ताराकेशर सुवेदी तथा नमराज जैसीलगायतले आफ्ना भनाइहरु राखेको गुटुका स्थानीय नन्दाराम खनालले जानकारी दिए ।

Translate »