‘गुणस्तरीय शिक्षाको विकासमा जोड दिऔं’

जनता बहुमुखी क्याम्पसको १३ औं वार्षिक उत्सव

 

स्काई न्यूज /माघ १६, सुर्खेत ।
पश्चिम सुर्खेतको एक मात्र विद्यापुर जनता बहुमुखी क्याम्पसले आफ्नो १३ औं वार्षिक उत्सव मनाएको छ । विहीबार पञ्चपुरी–९, विद्यापुरमा एक भव्य समारोहका वीच क्याम्पसले आफ्नो १३ औं वार्षिक उत्सव मनाएको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले उत्सवको अवसर पारेर क्याम्पसको २३ कोठे भवनको उद्घाटन गरेका छन् । उनले गाउँमै उच्च शिक्षा अध्ययन गर्नेहरुका लागि क्याम्पसले महत्वपूर्ण अवसरहरु उपलब्ध गराएको बताए । ‘पश्चिम सुर्खेतको एक मात्र उच्च शिक्षा अध्ययन गर्ने क्याम्पस भएकाले यसको महत्व धेरै छ,’ उनले भने, ‘शिक्षा हरेक व्यक्तिका लागि उज्यालो प्रकाश भएकाले समय सापेक्ष गुणस्तरीय बैज्ञानिक शिक्षामा जोड दिऔं ।’ उनले शिक्षा समाज तथा राष्ट्र रुपान्तरणका लागि महत्वपूर्ण माध्यम भएकाले तीनै तह सरकारी शिक्षामा लगानी बढाउन आवश्यक रहेको औल्याए । उनका अनुसार गुणस्तरीय शिक्षाका लागि तीनै तहका सरकारले हातेमाले गरी अगाडी बढ्नुपर्ने छ ।


‘विद्यालय स्तरबाटै चुनौतीहरुको सामना गर्दै आएको जनता बहुमुखिलाई क्याम्पस स्तरसम्म ल्याई पु¥याउन स्थानीय जनताको ठूलो योगदान छ,’ उनले भने, ‘शिक्षाको ज्योति फैलाउन अझैपनि सबैको साथ, सहयोग आवश्यक रहेको छ ।’ उनले क्याम्पसको ६ कोठे छात्रबास भवन निर्माणका लागि समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कम्यापस भवन शिलान्यास गरिएको ८ वर्षपछि उद्घाटन गरिएको हो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य नन्दा शर्मा, कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती, क्याम्पस प्रमुख डिल्लीराम भण्डारी, विभिन्न राजनीतिक दलका अगुवा, जनप्रतिनिधि एवं शैक्षिक व्यक्तिहरुले पश्चिम सुर्खेतमा थप गुणस्तरीय शिक्षाको विकासमा जोड आवश्यक रहेको औल्याएका थिए ।

 

Translate »