२०८३ मंसिर ११ , बिहीबार
Sky News Nepal
November 26, 2026

दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलतर्फ १६ वटा टिम क्वाटरफाइलनमा



सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिलातर्फको बास्केटबलमा १६ वटा टिम क्वाटरफाइलनमा प्रवेश गरेका छन् । यस्तै ४ वटा टिम प्रतियोगिताबाट बाहिरिएका छन् ।

फूल कोर्ट (५×५) तर्फ ८ तथा (३×३) विधाका ८ गरी १६ वटा टिम क्वाटरफाइलनमा प्रवेश गरेको राष्ट्रिय बास्केटबलका सिनियर रेफ्रि राजेश महर्जनले बताए । उनका अनुसार फूलकोट (५×५) तर्फ एपीएफ, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बीनी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस र नेपाल आर्मी क्वाटरफाइलनमा प्रवेश गरेका छन् ।

यस्तै (३×३) विधातर्फ नेपाल आर्मी, गण्डकी, बागमति, लुम्बीनी, सुदूरपश्चिम, एपीएफ, नेपाल पुलिस र कर्णाली क्वाटरफाइनलमा पुगेका छन् । फूल कोर्ट (५×५) बाट कर्णाली र मधेश प्रदेश तथा (३×३) विधामा कोशी र मधेश प्रदेश बाहिरिएका छन् । आज भएको फुल–कोर्ट (५×५) महिला बास्केटबलतर्फ पहिलो खेलमा (एपिएफले कर्णाली प्रदेशलाई ६७–१९ अंकले पराजित गरेको थियो ।

यस्तै बागमति प्रदेशले मधेश प्रदेशलाई ४३–५ अंकले पराजित गरेको हो । यस्तै फूल कोर्टतर्फ गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३३–७ अंकले पराजित गरेको छ । नेपाल आर्मीले लुम्बीनी प्रदेशलाई ८०–२ अंकले पराजित गरेको हो ।

आजै भएको (३×३) विधाको खेलमा एपिएफले कोशी प्रदेशलाई १२–५ अंकले पराजित गरेको छ । यसै विधाको अर्को खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई १६–१ अंकले पराजित गरेको छ । सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ८–४ अंकले पराजित गरेको हो ।

नेपाल पुलिसले लुम्बीनी प्रदेशलाई ५–१ अंकले पराजित गरेको छ । क्वाटरफाइनलका खेलहरु शुक्रबारबाट सुरु हुनेछन् ।

प्रकाशित मिति : २०८३ मंसिर ११ गते बिहीबार
Translate »