ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

स्काई न्यूज /माघ, १७ सुर्खेत ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको पिपिरामा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको भे १ त–७५८९ नम्वरको ट्याक्टरलाई पछाडीबाट आइरहेको लु १ ख–७६७० नम्वरको ट्रकले ठक्कर दिँदा जाजरकोटको जुनीचाँदे गाउँपालिका–७ घर भएका ट्याक्टर चालक ३४ वर्षीय प्रेम कार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याक्टरको ट्रलीले च्यापिएर घाइते भएका कार्कीको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको हो भने दुर्घटनामा सह–चालक घाइते भएका छन् । ट्रकसँगै ट्रक चालकलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान शुरु भएको सुर्खेतमा प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज पन्तले जानकारी दिए ।
