सभामुख सापकोटाको प्रेस विज्ञमा न्यौपाने

स्काई न्यूज /फागुन ३, काठमाडौं ।
सभामुख अग्नीप्रसाद सापकोटाको प्रेस विज्ञमा श्रीधर न्यौपाने नियुक्त भएका छन् । सिन्धुपाल्चोकका न्यौपाने डेढ दशक यता पत्रकारितामा सक्रिय छन् । २०५८ सालमा कामना प्रकाशनबाट पत्रकारिता सुरु गरेका न्यौपानसंग नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री र रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गरेर अनुभव हासिल गरेका छन् । हाल देशभरका सामुदायिक रेडियोहरुको छाता संगठन अकोराबमा प्रोग्राम म्यानेजर पदमा कार्यरत छन । त्रिभुवन विश्वविद्यालयमबाट स्नातकोत्तर उनी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुन् ।

Translate »