‘सत्ता पक्षबाटै टे«ड यूनियन कमजोर बनाइँदै’

स्काई न्यूज /फागुन ३, सुर्खेत
सत्तापक्षकै कारण नेपालमा टे«ड यूनियन आन्दोलन कमजोर हुँदै गएको ट्रड यूनियनकर्मीले बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दे नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका केन्द्रीय अध्यक्ष जनार्दन भट्टराईले सरकारी पक्षबाटै नेपालमा टे«ड यूनियन आन्दोलन कमजोर तुल्याउने काम भईरहेको बताए । उनले आस्थाकै आधारमा टे«ड यूनियनकर्मीलाई दुःख दिने काम भईरहेको आरोप लगाए । ‘कर्मचारी–कर्मचारी वीचको विभेद अन्त्यका लागि टे«ड यूनियन आन्दोलनको अपरिहार्यतालाई भुल्नु हुँदैन,’ उनले भने, ‘सत्ता पक्षका टे«ड यूनियनलाई काखा लगाएर फरक आस्ताका टे«ड यूनियनकर्मी माथि दमन हुँदै आएको छ । सरकारी रबैयाप्रति सबै टे«ड यूनियनकर्मी सजग रहन आवश्यक छ ।’ उनले सत्ता निकटका कर्मचारीको वृत्तिविकास गर्दे संस्थागत हित विपरित ऐन, नियम तथा कानूनलाई लत्ताउने कार्य भईरहेको जनाए । उनका अनुसार विद्युत प्राधिकरण भित्रको बेथितिलाई पर्दाफास गरेर संस्थागत सुधारका लागि टे«ड यूनियनकर्मी एकजुट हुन आवश्यक छ ।


कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सूचना प्रविधि विधेयक ल्याएर सरकारले पत्रकारको कलम र बोली निस्तेज पार्न लागे जस्तै टे«ड यूनियन अधिकार कुण्ठित पार्ने कार्य भईरहेको बताए । उनले फरक आस्ता राखेकै भरमा लोकतान्त्रिक मूल्य मान्यता विपरित कर्मचारीको निवृत्तिभरण पोषण रोक्ने हल्ला फैलाउनु सरकारको सर्वसत्तावादी चरित्र उजागर भएको जिरिक गरे । ‘सरकारका गलत काम एवं क्रियाकलापको डटेर मुकावला गर्नुहोस्,’ उनले भने, ‘सरकारका अधिनायकवादी गतिविधि लोकतन्त्रमा कदापी सह्य हुँदैन । हामी सदा तपाईहरुको साथ छौं ।’ त्यस्तै नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कर्णाली प्रदेशका अध्यक्ष भानुभक्त खड्काले पेशागत हक, हित तथा अधिकारसँगै संस्थागत उन्नयनका लाग टे«ड यूनियनको भूमिका महत्वपूर्ण रहेको बताए । यसैवीच नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ कर्णाली प्रदेशको प्रथम अधिवेशनले शिवराज अधिकारीको अध्यक्षतामा २७ सदस्यीय प्रदेश कार्य समिति चयन गरेको छ । अधिवेशनले समितिको उपाध्यक्षमा सन्तोष रिजाल, महिला उपाध्यक्ष अनिता कँडेल, सचिव हरिबहादुर शाही, कोषाध्यक्ष प्रेमप्रकाश चपाई, सह–सचिव गब्बर लामा, सह–कोषाध्यक्ष पूजासिंह ठाकुर तथा सदस्यमा बालकराम सनकर, लालिराम चौधरी, मानबहादुर रावललगायत रहेका छन् । अधिवेशन नेपाल सार्वजनिक सेवा कर्मचारी संघ प्रदेश ५ का अध्यक्ष दुर्गाप्रसाद जैसीको अध्यक्षतामा भएको थियो ।

Translate »