२०८३ असोज १६ , शुक्रबार
Sky News Nepal
October 2, 2026

‘स्कूल होस त, जन नमूना जस्तो’

६८ औं वार्षिक उत्सव


स्काई न्यूज /फागुन ४, सुर्खेत ।
कर्णाली प्रदेशमै गुणस्तरीय शिक्षाका लागि चर्चित सुर्खेतको जन नमूना माध्यमिक विद्यालय प्रदेशकै शान भएको सरोकारवाला बताएका छन । विद्यालयको ६८ औं भव्य वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा शुभकामना मन्तव्य राख्ने अधिकांश वक्ताहरुले जन नमूनाको नतिजा सिकाई उपलब्धीसँगै चौरतर्फी विकासले प्रदेशकै नमूना विद्यालय भएको अभिव्यक्ति दिए । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सामुदायिक प्रयासबाट सामुदायिक विद्यालयलाई आर्दश विद्यालय बनाउन सकिने उदाहरण जन नमूनाले पेश गरेको बताए । उनले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल सावित गर्दे सामुदायिक विद्यालयतर्फ आर्दश विद्यालय बनाउने विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक तथा कर्मचारीको प्रशंसा गरे । कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्ट, सीता नेपाली, पद्मा खड्का, राजु गुईदेल, अमृता शाही लगायतले विद्यालयको चौतर्फी विकासको प्रशंसा व्यक्त गरे । वार्षिक उत्सवमा बोल्ने वक्ताहरुले विद्यालयले यस क्षेत्रको शैक्षिक गतिविधिमा उल्लेखनिय योगदान दिएको भन्दै विद्यालयको शैक्षिक प्रगतिको खुलेर प्रशंसा गरे । जन नमूना माविले प्रदेशकै इतिहास बोकेको भन्दै प्रदेशका सामुदायिक विद्यालयहरुमा अब्बल दर्जाको विद्यालयको भएको उनीहरुको भनाइ थियो ।

 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले विद्यालयले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट उत्कृष्ठ नतिजा एवम् अतिरिक्त प्रतियोगिताबाट हासिल गर्ने परिणामले देखाएको भन्दै एक सबल विद्यालयको रुपमा विकास गर्न विद्यालय परिवारसँग आग्रह गरिन् । स्थापनाकालदेखि हालसम्म शैक्षिक विकास र गुणस्तरीय शिक्षामा उच्च प्राथमिकता राख्नुका साथै विद्यार्थीको सर्वाङ्गिण विकासमा पढाई सँगसँगै अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक यामबहादुर जानकारी दिए । उनले विद्यालयको चौतर्फी विकासमा सबैको समान योगदान तथा सहयोगले सम्भव भएको जिकिर गरे । कार्यक्रममा वार्षिक उत्सवको अवसरमा शिक्षा प्रेमी लिलाधर गौतम, संगीतकार गंगाबहादुर खड्का, कलाकार नन्दा बस्याल एवं खेलाडी तर्फ स्वर्गीय सुवर्णमान नेपालीलाई सम्मान गरिएको छ ।

त्यस्तै पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलाराम गिरी, हेमपसाद पन्तलाई सम्मान गरिएको छ । यस्तै आदर्श अभिभावकतर्फ गोविन्दनाथ योगी, एवं रिता रिजाललाई सम्मान गरिएको छ । वार्षिक उत्सवमा आर्दश शिक्षक तर्फ गोपिकृष्ण ढकाललाई नगद २२ हजार दुई सय २२ रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको थियो । यसैगरी विद्यालयमा १५ वर्ष बढी स्थायी सेवा पु¥याउने शिक्षक तथा कर्मचारीलाई दिर्घसेवा सम्मानबाट सम्मानित गरिएको छ । सम्मानित हुनेमा विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठ, सहायक प्रधानाध्यापक गोपिकृष्ण ढकाल, मिनु भट्ट, तीर्थप्रसाद दाहाल, पदमप्रसाद गौली, गीता शाही र नारायण सापकोटा रहेका छन् । कार्यक्रममा अक्षयकोष स्थापना गर्ने संस्थापकहरुलाई समेत सम्मान गरिएको छ ।

जसमा हरिकालिका अक्षयकोषका संस्थापक धर्मराज गिरी, सुन्दर गौतम छात्रबृत्तिका संस्थापक यामलाल गौतम, सर्वोजीत इन्द्रा छात्रवृत्तिका संस्थापक रामकुमारी थापा, शिक्षक वृत्ति विकास कोषका संस्थापक उदयराम भण्डारी, ऋषिप्रसाद सीतादेवी उपाध्याय मेधावी छात्रवृत्तिका संस्थापक गोपाल उपाध्यायलाई समेत सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर कोइरालाको अध्यक्षतामा भएको विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवसमा विद्यालयमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीसहित अतिरिक्त क्रियाकलापतर्फ विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७६ फागुन ४ गते आइतबार
Translate »