२०८३ असोज २८ , बुधबार
Sky News Nepal
October 14, 2026

प्याकेजमै कर्णालीको विकास गरिन्छः अध्यक्ष दाहाल



स्काई न्यूज/ फागुन ७, सुर्खेत ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कर्णालीको विकास विशेष प्याकेजमै गरिने बताएका छन् । नेकपा कर्णाली प्रदेशस्तरिय अगुवा कार्यकर्ता भेलामा सहभागी भएर फर्किने क्रममा बुधबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दे अध्यक्ष दाहालले कर्णालीका लागि विशेष प्याकेजमै आगामी नीति तथा कार्यक्रममा समावेश गरेर योजनाबद्ध विकास गरिने जानकारी दिए । उनले प्रदेशस्तरिय अगुवा कार्यकर्ता भेलामा प्रदेश–५, का बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने बारेमा छलफल नभएको स्पष्ट पारे । प्रदेशको भू–बनोट सधैं एकै रहने ग्यारेन्टी नभएकाले जनताको चाहना अनुसार परिवर्तन हुनसक्ने समेत उनको भनाइ थियो । नेकपा कर्णाली प्रदेशस्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोन्धन गर्न नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेललगायतका नेता सहभागि थिए ।

प्रकाशित मिति : २०७६ फागुन ७ गते बुधबार
Translate »