जन नमूनाका प्रअ श्रेष्ठ सम्मानित


स्काई न्यूज/ फागुन १८, सुर्खेत ।
सुर्खेत मोडेल कलेजले जन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठलाई सम्मान गरेको छ । कर्णाली प्रदेशकै पहिलो पूर्णकालिन प्रधानाध्यापकमा नियुक्त भई शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दे कलेजले आइतबार आफ्नो नवौं वार्षिक उत्सवको अवसर पारेर प्रधानाध्यापक श्रेष्ठलाई सम्मान गरेको हो । कलेजले प्रधानाध्यापक श्रेष्ठको नेतृत्वमा जन नमूना माविले नेपालमै गुणस्तरीय शिक्षाका लागि आफ्नो छुट्टै पहिचान बनाएकाले भविष्यमा आफ्नो शिक्षा क्षेत्रको उन्नयनका लागि थप ऊर्जा मिलोस भन्ने कामनासहित कदर पत्रले सम्मान गरेको छ । प्रदेशमा आफ्नो विशेष पहिचान बनाउन सफल सुर्खेत मोडेल कलेजले सामुदायिक जिम्मेवारी वहन गर्दै आफुलाई सम्मान गरेको प्रति श्रेष्ठले कलेज सञ्चालक तथा व्यवस्थाकलाई धन्यवाद व्यक्त गरे । सोही अवसरमा कलेजद्वारा आयोजित प्रदेश स्तरिय मावि तहको हाजिरि जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जन नमूना माविका विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।

Translate »