२०८३ असोज १५ , बिहीबार
Sky News Nepal
October 1, 2026

उत्सवले विकासमा टेवा पुग्छः मन्त्री बस्नेत




स्काई न्यूज फागुन १९, सुर्खेत ।
नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले ‘कुडा कर्णाली’ उत्सवले सम्भावनाको खानीका रुपमा परिचत कर्णालीको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सोमबारदेखि शुरु भएको कुडा कर्णाली उत्सव कार्यक्रममा बोल्दै उनले संघीयताको नयाँ अभ्यासका कारण कर्णालीमा अपेक्षाकृत विकास हुन नसकेको जिकिर गरे । कर्णालीको जडीबुटीलाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउनका लागि सरकारले ‘कर्णाल जडीबुटी विकास कार्यक्रम अघि सारेको छ,’ उनले भने । कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला ता योजना मन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, उद्योग वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले कर्णालीको विकासका लागि प्रदेश सरकार प्रत्यन्शील रहेको बताएका थिए । आर्थिक, सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयमा बहस ‘कुडा कर्णालीका’ मुख्य नारा सहित विचारहरुको उत्सवकारुपमा प्रदेशलाई चिन्ने एवं चिनाउने उद्देश्य रहेको उत्सवका संयोजक कमलराज लम्सालको भनाइ थियो ।

प्रकाशित मिति : २०७६ फागुन १९ गते सोमबार
Translate »