२०८३ असार २४ , बुधबार
Sky News Nepal
२०८३ असार २४ , बुधबार

उद्योग निर्देशक पौडेलको बिदाई



स्काई न्यूज /चैत ४, सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघ र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले उद्योग निर्देशक शम्भुप्रसाद पौडेलको बिदाई गरेका छन् । घरेलु तथा साना उद्योग विकास समितिको मुख्य कार्यालय सुर्खेतमा प्रमुखका रुपमा तीन वर्षदेखि कार्यरत उनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । घरेलु तथा साना उद्योग विकास समिति संग सम्बन्धी लामो समयदेखि जुडेका पौडेलको बिदाई गर्नुपर्दा निजी क्षेत्र दुःखी भएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बताए । संघसंगै घरेलु उद्योगका विषयमा निर्देशक पौडेलले सकारात्मक सहयोग गरेको उनको भनाई थियो ।

पौडेलकै सक्रियताले लघु औद्योगिक ग्राम स्थापना भएको अध्यक्ष रावतले बताए । उद्यमी राधा श्रेष्ठले कर्णाली प्रदेशबाट घरेलु उद्योगका विज्ञलाई बिदाई गर्नु दुर्भाग्य भएको बताईन् । हाल प्रदेश सरकारले घरेलु तथा साना उद्योग विकास समितिलाई खारेज गरी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कायम गरेको छ । साविक घरेलु विकास समितिले गर्ने कार्यहरु मध्ये सिप विकास तालिम, युवा लक्षित तालिम, स्तरोन्नती तालिम, प्रविधि हस्तान्तरण, उद्यमशिलता विकास तालिम लगायत लघु उद्यमी सिर्जना, उद्योग दर्ता, वाणिज्य दर्ता सम्बन्धी कार्यहरु गर्दै आइरहेको थियो । हाल उक्त कार्यालय कर्णाली प्रदेश सरकार मातहतमा आएपछि उद्योग र वाणिज्य दर्ता सम्बन्धी मात्र कार्य भइरहेका छन । बिदाई कार्यक्रममा प्रदेश सरकारले घरेलु उद्योगसंग सम्बन्धित कार्यहरु हालसमम सञ्चालन नगरेकोमा निर्देशनालयका कर्मचारीले गुनासो गरे । संघका पदाधिकारीसँगै निर्देशनालयका कर्मचारीहरुले मायाको चिनो, प्रसंशापत्र दिएर पौडेलको बिदाई गरेका थिए ।

प्रकाशित मिति : २०७६ चैत ४ गते मंगलबार
Translate »