२०८३ साउन ४ , सोमबार
Sky News Nepal
२०८३ साउन ४ , सोमबार

देशभरका सबै अदालत २ साता बन्द गर्ने निर्णय



स्काई न्यूज /चैत ७, काठमाडौं ।
सर्वोच्च अदालतमा शुक्रवार बसेको पूर्ण बैठकले देशभरका सबै अदालत २ साता बन्द गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु यही चैत २१ गतेसम्म बन्द गर्ने निर्णय भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षता पूर्ण इजलासको शुक्रवार बसेको बैठकले दुई हप्ता बन्दीप्रत्यक्षीकरणको मुद्दाबाहेक अरु सबै मुद्दाको सुनुवाइ नहुने गरी सर्वोच्च अदालतसहित देशका सबै अदालत बन्द गरिने निर्णय गरेको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत ७ गते शुक्रबार
Translate »