२०८३ असोज १५ , बिहीबार
Sky News Nepal
October 1, 2026

मुख्यमन्त्री शाहीद्वारा भेटघाट बन्द



स्काई न्यूज/ चैत्र १०, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन् । कोरोना संक्रमणको जोखिम कम गर्न अत्यावश्यक वाहेकका भेटघाट सोमबारदेखि बन्द गरिएको मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माले जानकारी दिए । उनले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार गम्भिरताका साथ लागिरहेकाले अनावश्यक हल्लाको पछि नलाग्न र त्रसित नहुन अनुरोध गरे । ‘कोरोनाको संकट सामाधान गर्न सरकारले अघि सारेको प्रतिकार्य योजनालाई साथ दिन आग्रह गर्दै मुख्यमन्त्री शाहीले सरकारका आधिकारीक निकायहरु, स्वास्थ्य संस्था एवं सुरक्षा निकायको निर्देशनलाई पालना गर्न र सहयोग गर्न आग्रह गर्नु भएको छ,’ उनले भने, ‘विश्वव्यापी समस्याको रुपमा रहेको कोरोना भाईरस (कोभिड–१९) को संकट सामाधान गर्न स्वास्थ्य निर्देशिकाको अनिवार्य रुपमा पालना गर्नु अहिलेको मुख्य दायित्व रहेकाले संक्रमणबाट जोगिन प्रत्येक नागरिक आफैले पनि उच्च सावधानी अपनाउन, अनावश्यक हिडहुल नगर्न, भेटघाट तथा सम्पर्क नगर्न, भिडभाड तथा बजारमा नजान र स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीले दिएको सुझाव अवलम्वन गर्न मुख्यमन्त्रीले सुझाव दिनु भएको छ ।’

प्रकाशित मिति : २०७६ चैत १० गते सोमबार
Translate »