सुर्खेतमा चरेससहित महिला पक्राउ

स्काई न्यूज /चैत ११, सुर्खेत ।
सुर्खेतमा लागु औषध चरेशसहित एक महिला पक्राउ परेकी छन् । जिल्लाको लेखबेशी नगरपालिका–१०, दुविचौरबाट सोमबार अढाई किलो बढी लागु औषध चरेशसहित उनी पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाको आधारमा ती मलिाले आफ्नै घरमा लागु औषध चरेश लुकाई छिपाई राखेको जानकारी पाएपछि खानतलासी गर्दा २ किलो ३७२ ग्राम बरामद गरेको हो ।

जिप्रकाका प्रहरी निरीक्षक गोपाल रायमाझीले चरेश सहित पक्राउ परेकी ती महिलालाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए । उलने लागु औषध चरेश ओसार–पसार कार्यमा अन्य व्यक्तिको समेत संलग्नता देखिएकाले नियन्त्रणमा लिईएकी ती महिलाको नाम गोप्य राखिएको बताए । उनका अनुसार केही महिना अघि पनि लागु औषध चरेश ओसार पसारमा दुई पुरुषसहित एक महिला पक्राउ परेका थिए ।

 

Translate »