सुर्खेतमा लकडाउन उल्लंघन गर्ने दुई जना पक्राउ

‘सावधानी अपनाउनुहोला, घरबाट ननिस्किनुहोला’

स्काई न्यूज /चैत ११, सुर्खेत ।
सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्ने दुई जना वीरेन्द्रनगरमा पक्राउ परेका छन् । लकडाउन कार्यान्वयनमा प्रहरीको कामलाई बाधा पु¥याउने दुई जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउन कार्यान्वयनमा प्रहरीको काममा बाधा पु¥याउनेहरु माथि थप आवश्यक अनुसन्धान गर्नुपर्ने भएकाले नाम गोप्य राखिएको बताए । उनका अनुसार सडकमा लकडाउन उल्लंघन गर्ने दुई दर्जन सवारी साधनलाई समेत जरिवानासहित नियन्त्रणमा राखिएको छ ।

यसैवीच कोभिड–१९ को संक्रमण फैलिने सम्भावनालाई ध्यानमा राखी मंगलबारदेखि अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन समग्रमा प्रभावकारी देखिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । उनले बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्ण समर्थन देखिएको बताए । उनका अनुसार सुरक्षा निकाय पनि आदेशको पालना गराउन कडाइका साथ लागेको छ ।

यता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर अन्य दिनको तुलनामा सुनसान बनेको छ । प्रहरीले वीरेन्द्रनगर आसपासका चोक तथा भित्री सडकमा समेत माइकिङ गरेर सावधानी अपनाउन र घरबाट ननिस्कन अनुरोध गरिरहेको छ । ‘सावधानी अपनाउनुहोला, घरबाट ननिस्किनुहोला’ भन्दै प्रहरीले खुलेका पसलसमेत बन्द गर्न भनिरहेको छ । ट्राफिक प्रहरी पनि आवश्यक व्यवस्थापनमा बिहानैदेखि खटिएको छ । अत्यवश्यक सेवा र पासका गाडी मात्रै चलेकाले अन्य गाडी चल्नबाट रोक लगाइएको र सर्बसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

प्रत्यक्षदर्शीका अनुसार सडकमा छिटपुट पैदलयात्रीसँगै केही अत्यवश्यक सेवा र पासका गाडीहरु गुडिरहेको देखिन्छन् । सामाजिक सञ्जालमार्फत सुर्खेतका सर्वसाधारणले सरकारको निर्णयको खुलेर प्रशंसा गरेका छन् । उनीहरुले आदेश कडाइका साथ पालना गराउनतर्फ सामाजिक सञ्जालबाट सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका छन् । केही नागरिकहरु अझै पनि सडकमा हिडिरहेको देखिएकाले उनीहरुलाई पहिलो चरणमा सम्झाउँदा पनि नमाने कार्वाही गर्नुपर्ने सर्वसाधारणको माग छ ।

Translate »