भारतमा लकडाउनमा मनोरञ्जन दिन पुन ः रामायण प्रशारण हुँदै

चैत १४, नयाँ दिल्ली ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा नियन्त्रणका तीन साता व्यापी लकडाउन लगाइएपछि भारत सरकारले सर्वसाधारणलाई घरमै  बसेर  मनोरञ्जन दिलाउन ‘रामायण’ टेलिसिरियल पुन : प्रशारण गर्ने भएको छ । उक्त सिरियल अव त्यहाँको सरकारी टेलिभिजन च्यानल दुरदर्शनमा शनिवारदेखि विहान र राती प्रशारण हुनेछ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर लकडाउन घोषणा गरेका छन् । लकडाउनको अवस्थामा कोहि पनि घरबाहिर ननिस्कउन  र घरमै वसेर  धार्मिक सिरियल  मार्फत् मनोरञ्जन लिन पाउन भनेर रामायण पुन : प्रशारण गर्न लागिएको केन्द्रीय मन्त्री प्रकाश जावडेकरले बताएका छन् । कुनै समय भारतमा धार्मिक सिरियल रामायण प्रशारण हुने समय सडक तथा टोल सुनसान हुने गर्दथ्यो,त्यसको स्मरण गर्दै पुन: रामानन्द सागरद्वारा निर्मित उक्त टेलिसिरियल प्रशारण गर्न लागिएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । एजेन्सीको सहयोगमा

Translate »