उद्यमी, व्यापारीद्वारा विपन्नलाई खाद्यन्न वितरण

स्काई न्यूज /चैत १७, सुर्खेत ।
सुर्खेतका उद्योगी, व्यापारी लगायतले सोमबार वीरेन्द्रनगर नगरपालिकाका ४ एवं ६ नम्वर वडाका विपन्न वस्तीहरुमा खाद्यन्नलगायतको आर्थिक सहयोग गरेका छन् । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनमा परी दैनिक ज्यालादारी तथा गरिव, विपन्न समुदायले भोग्नु परिरहेको सास्तीलाई ध्यानमा राख्दै मानवताको नाताले खाद्यन्नलगायतको सहयोग गरिएको सुर्खेत उद्योग वाणिज्य महासंघका महासचिव लक्ष्मण कँडलले बताए ।

उनले विपन्न तथा गरिव समुदायको दयनिय अवस्थालाई मध्यनजर गरेर तत्काल सानो राहत पुग्ने गरि २५ हजार रुपैयाँ बराबरको खाद्य सामाग्री सहयोग गरिएको जनाए । उनका अनुसार सोमबार सुउवा संघका सदस्य रमेश बराल, संघकै पूर्व उद्योग उपाध्यक्ष बासुदेव शर्मा, संघ अन्तर्गतको काँचो कपडा वस्तु समितिका अध्यक्ष हेमकर्न थापा, संघ कार्य समिति समिति सदस्य रामप्रसाद गौतम, समाजसेवी तथा सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटा एवं वीनपा ६ नम्वर वडा सदस्य उपेन्द्र खड्कालगायतको सहयोगमा ८० हजार रुपैयाँ बराबरको खाद्यन्न सामाग्री लगायत सहयोग गरिएको छ ।

 

 

Translate »